समय अनुसार शिक्षकले आफ्नो क्षमता बृद्धि गर्नु आवश्यक

भरतपुर महानगरपालिका वडा नंं १३ घर भइ रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आउनु भएका बस्ने एकनारायण पौडेलले नेपालमा शिक्षकहरुको आन्दोलन प्रति आफ्नो निजि बिचारमा लेख्नु हुन्छ —
विकसित मुलुकहरूमा सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गराउने गर्छ । राज्यले जबसम्म शिक्षालाई निःशुल्क र ब्यापार सुधार गर्न सक्दैन तबसम्म शिक्षा क्षेत्रको बिकृती र बिसंगती न्यून हुन सक्दैन । राज्यको उदासिनता, अकर्मण्यता र न्यून लगानीले गर्दा आज शिक्षालाई निजि लगानीकर्ताहरुले ब्यापारिक रुपमा विकसित गर्दै लगिरहेका छन ।
सामुदायिक विद्यालयहरुमा फस्टाएको राजनीति र केबल जागिर खाने थलो मात्र सम्झिने परिपाटीले केही अपवाद बाहेक सामुदायिक विद्यालयको अबस्था अत्यन्त नाजुक देखिन्छ । तुलनात्मक रुपमा निजि विद्यालय भन्दा कमजोर ब्यवस्थापन, राजनैतिक अखडा, फितलो अनुगमन, पाका शिक्षक र कमजोर अध्यापन क्षमताले गर्दा धेरै सामुदायिक विद्यालयहरु बन्द हुने अबस्थामा पुगेको मेरो निजि बिचार हो । जसको फाईदा निजि विद्यालयहरुले उठाईरहेका छन् ।
निजि विद्यालयहरुले पु¥याउदै आएको योगदान र गुणस्तरीय शिक्षालाई अवमुल्यन गर्न सकिँदैन । सरकारले गुणस्तरीय शिक्षाको लागि घोषणा गरेका प्रतिबद्धता वा शिक्षा ऐन केबल कागजमा नै सिमित देखिन्छन जसले गर्दा धेरै अन्तरबिरोध र अन्यौलताको सिर्जना गरिरहेको छ ।
एकातिर अस्थायी शिक्षकहरुको पीडा र समस्या आफ्नै ठाउँमा छन भने अर्कोतिर राहत शिक्षक तथा बाल विकास शिक्षकहरु स्वतः स्थायीको माग गर्दै आन्दोलित छन् । सामुदायिक विद्यालयमा पढाउने केही शिक्षकहरुमा विषयगत ज्ञानको कमी, नयाँ विषयहरु खोजविन गरी आफूलाई समय अनुसार लैजान नसक्ने कमजोरी, राजनैतिक पहुँचका आधारमा जागिर खाने अवस्थाले गर्दा शिक्षाको गुणस्तरीयतामा कमी आएको मेरो अनुभव छ । मनै देखि मेहनत गरेर विद्यार्थीलाई गुणस्तरीयता शिक्षा दिने चाहना आवश्यक छ ।
तसर्थ सरकारी शिक्षकहरुका आफ्नै छोराछोरी महँगो निजि विद्यालयमा पढिरहेका छन । स्वयं आफ्नै क्षमता र दक्षतामाथि विश्वास नहुनेहरु जागिर मात्र खाइरहेका छन् भनेर आलोचित भएका छन् । प्रतिस्पर्धा र छनोट प्रक्रियामा सामेल नभै शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटक–पटक स्वतः स्थायीको माग गरेर आन्दोलन गरिनु कतीको न्यायोचित होला ?
सार्वजनिक शिक्षालाई माथि उठाउने र निजि विद्यालयलाई बिस्थापित गराउन अहम् भूमिका खेल्न सक्ने दायित्व बोकेका अस्थाई शिक्षकहरु वा राहत तथा बाल विकास शिक्षकहरु खुल्ला प्रतिस्पर्धामा जान डराउनु हुदैन । हुन त सरकारले पनि विभिन्न कालखण्डमा आन्दोलनरत अस्थायी शिक्षकहरुसंग लिखित सम्झौताहरु गर्दै आइरहेको छ । त्यसैको कडिको रूपमा शिक्षा ऐनको नवौं संशोधनलाई लिन सकिन्छ जुन मुलतः गलत छ । आन्तरिक दरबन्दीको संख्यामा आबश्यक कोटा समेत पु¥याउन नसक्नु र स्थायी दरबन्दीको लागि खुलाईएको परीक्षामा ५ अंक समेत ल्याउन नसक्ने शिक्षकहरुले स्वत स्थायी नियुक्तिको माग गर्दै आन्दोलन गर्नु कति जायज होला ? अत क्षमता वृद्धि गरी शिक्षाको गुणस्तरीयता ल्याउनको लागि आफू पनि सक्षम हुनु पर्दछ भन्ने मेरो बिचार छ ।
एकनारायण पौडेल
हाल साउदी अरब

ताजा अपडेट