अमेरिकाको सैन्य तालिम केन्द्रमा गोली प्रहार गर्ने साउदी नागरिक भएको खुलासा

काठमाडौं, २१ मंसिर :

अमेरिकाको फ्लोरिडास्थित सैन्य क्याम्पमा भएको गोली काण्डमा साउदी नागरिक संलग्न भएको बताइएको छ ।

सैन्य प्रशिक्षणमा सहभागी साउदीका नागरिक नै संदिग्ध सुटर भएको अमेरिकी सैन्य अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सैन्य तालिम केन्द्रमा एकै हप्तामा भएको यो दोस्रो गोली काण्ड हो । आक्रमणकारी साउदी अरेबियाका नागरिक उड्डयन प्राधिकरणका कर्मचारी रहेको बताइएको छ ।

उनले नेभल एयरस्टेशनका कक्षा कोठामा जथाभावी गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट चार जनाको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका बताइएको छ । संवेदनशील तालिम केन्द्रमा भएको गोली काण्डका कारण सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले बताएका छन् ।

उनीहरुले घटनाको छानविन भइरहेको जनाएका छन् । एजेन्सी

ताजा अपडेट