रत्नगरबाट खनालको उद्घोष : जेसीजका कार्यक्रमहरुलाई समयानुकूल परिबर्तन गर्छु

चितवन (रत्ननगर) १५ मंसीर ,

नेपाल जेसिज बर्ष २०२० का लागि अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले जेसीजका कार्यक्रमहरुमा समयानुकूल परिबर्तन गर्न आबश्यक रहेको बताउनुभएको छ ।

उहाँले ४६ औं राष्ट्रीय महाधिवेशन बाट आफू निर्बाचित भएमा जेसीजका कार्यक्रमहरुलाई सकारात्मक रुपमा परिबर्तन गरिने बताउनु भयो । “जेसीजका कार्यक्रम हरु बर्शौ देखि एउटै संरचना मा चलिरहेका छन् , अब यसलाई परिणाममुखी बनाउन आबश्यक छ ” उहाँले भन्नू भयो “कार्यक्रमहरुलाई परिबर्तन गर्दै परिणाम मुखी बनाउने गरि मेरा कार्यक्रमहरु बन्नेछन् ।

” नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिबेशनको आतिथ्य शाखा रत्ननगर जेसीजमा आइततबार साँझ आफ्नो उम्मेदवारी प्रबर्द्धन गर्दै उहाँले महाधिवेशन बाट आफू निर्बाचित भएमा राज्यको नीति निर्माण तहमा जेसीजको नेतृत्व पुग्ने गरि आबश्यक कार्यक्रम तय गरिने बताउनुभयो । उहाँले जेसीजहरु विधिको शासन र लोकतान्त्रीक पद्धतीको कार्यान्वयनका लागि निरन्तर लाग्ने युबा भएकाले राज्यको नेतृत्वमा पुग्न आबश्यक रहेको उल्लेख गर्नुभयो ।

खनालले आफुले जेसिजको नेतृत्व सम्हाल्ने अवसर पाएमा ४ वटा क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठानको कार्यालय स्थापना गरि सबै शाखालाई सहज तबरले तालिम प्रदान गर्ने बताउनुभयो ।

रत्ननगर जेसीज बर्ष २०१९ का सुबास पोखरेलको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा उम्मेद्धवार खनालले आफ्नो उम्मेद्धवारी राज्यका विभिन्न अंगहरुसंग समन्वय गर्न, जेसिजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन, राज्यको एक अभिन्न अंगका रुपमा स्थापित गराउदैँ निति निर्माण तहमा जेसिज नेतृत्वको उपस्थीती गराउने लक्ष्यका साथ आफु चुनावमा होमिएको बताउनु भयो ।

नेपाल जेसिजको आउदोँ पौष ९ देखी १२ गते सम्म चितवनको रत्ननगरमा हुन गईरहेको ४६ औँ महाधिबेशनमा खनालले जेसीज एक अभियान भएकाले यूवाहरुको नेतृत्व विकास गर्दै समाज परिर्वतनका लागि यूवाहरुलाई संगसंगै अगाडी लिएर बढ्ने प्रतिबद्धता जनाउनु भयो । चितवनको बिसहजार जेसिजबाट २००४ मा सदस्यता लिएर २०१० मा शाखा अध्यक्ष, २०१२ मा राष्टिय उपाध्यक्ष, २०१३ मा राष्टिय महासचिव हुदैँ २०१६ मा राष्टिय कार्यकारीणी उपाध्यक्ष पद सम्हालेर कार्य अनुभव लिईसकेका खनाललाई शाखाले २०२० मा राष्टिय अध्यक्ष पदमा अगाडी सारेको बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीले बताउनुभयो ।

आईतबार भएको भेटघाट कार्यक्रममा रत्ननगर जेसिजका पुर्ब अध्यक्ष पुरुषोत्तम रिजाल , पूर्व अध्यक्ष निरज श्रेष्ठ बीसहजार जेसीजका पुर्ब अध्यक्षहरु सुरज हमाल , रमेश बस्ताकोटी, जनकराज घिमिरे ,महासचिब रेशमराज शर्मा लगायत रत्ननगर शाखाका पदाधिकारी एबम् पुर्ब अध्यक्षहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट