एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु

सुनसरी १५ मंसिर । सुनसरीको लौकी नजिकै शनिबार राति एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार एक महिला र ६ पुरुष छन् ।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगन्जबाट विराटनगर जाँदै गरेको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो ।मृतकहरूको सनाखत हुन सकेको छैन ।

ताजा अपडेट