नेकपा सरकारले युवा पलायन रोक्न सकेन : डा. कोइराला

गैडाकोट १२ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शसाक कोइरालाले शक्तिसाली सरकार हुँदापनि युवा विदेश पलयान नरोकिएको बताउनु भएको छ ।

नवलपुरको डाँडाझेरी सुरु भएको महोत्सको उद्घाटन गर्दै बेरोजगार समस्या समाधान गर्न नसक्ने सरकारलाई कृषि र पर्यटन क्षेत्रमा लगानी गरेर रोजगार सृजना गर्न सरकारलाई सुझाव दिनु भयो । स्थानीय उत्पादननै देशको आर्थिक सम्वृद्धिको भरपर्दो माध्यम भएकोले यसको प्रचारप्रसार र लगानी गर्न आवश्यक रहेको बताउनुभयो । महोत्सवले नवलपुरको पहाडी क्षेत्रको विकासका लागि ठूलो भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका सांसद कृष्णचन्द्र नेपाली, रोशन गाहा मगर, ओम कला गौतम, काँग्रेस नेता महेन्द्रध्व जिसी, जिलला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, नेपाली काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, गैडाकोट नगरपालिका की उपमेयर विष्णु कुमारी कडेल, बुलिङटार गाउँपालिका अध्यक्ष शसीकिरण वस्ताकोटी, नेकपा गाउँपालिका अध्यक्ष टंक माकिम, नेपाली काँग्रेस गाउँपालिका अध्यक्ष चन्द्र लामकान लगायतले ग्रामीण क्षेत्रमा भएको महोत्सवले स्थानीय कृषि र पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग पुग्ने भनदै सफलताको कामना गर्नुभयो ।
उक्त ठाउँको विकासका लागि आफूहरुको सदैव सहयोग रहने बताउनुभयो । आयोजक संस्था डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष दुर्गा वहादुर मसाराङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवम कार्यक्रम संयोजक उत्तम वकावलले स्वागत मन्त्व्य राख्नुभएको थियो भने कार्यक्रम सचिव चिरन गाहा मगरले संचालन गर्नुभएको थियो । उद्घाटपूर्व पञ्चेवाजा सहित वृहत शोभा यात्रा गरिएको थियो ।
मंसिर १६ गते सम्म संचालन हुने प्रथम डाँडाझेरी महोत्सवमा कालीगण्डकी नदिमा जलयात्रा, वाल उद्यानका साथै डाँडाझेरीमा रहेको संस्कृति, परम्परा उजागार गर्नुका साथै राजारानी ढुँगाको अवलोकन, जलदेवी मन्दीरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको सुपथ मुल्यमा खरिद विक्रि गर्न सकिने बताउनुभयो । महोत्सवका ३० वटा स्टल बुकिङ भएको प्रचारप्रसार समितिका संयोजक मनप्रसाद भाटले जानकारी दिनुभयो ।

ताजा अपडेट