२४ घण्टाभित्र रकम फिर्ता नगर्ने मेडिकल कलेजलाइ कारबाही गर्ने

काठमाडौ ९ मंसिर । २४ घण्टाभित्र रकम फिर्ता नगर्ने मेडिकल कलेजहरुलाइ सरकारले कारबाही गर्ने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलले अवैध शुल्क असुल्ने कलेज विरुद्द मंसिर ११ गतेदेखि कारबाही थाल्ने निर्णय गरेको हाे।

गृह प्रवक्ता केदारनाथ शर्माले मेडिकल कलेजले तोकिएको समयसीमामा शुल्क फिर्ता नगरे कारबाही गर्न देशभरिका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिइसकिएको बताए।

मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम आज सकिएपछि सरकारकाे कारबाहीका लागि अगाडि बढकाे हाे। नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा , शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागि थिए ।

ताजा अपडेट