कालापानीबारे प्रधानमन्त्रीले मिडिया खपतका लागि बोलेको कांग्रेसको आरोप

काठमाडौं, ३ मंसिर :

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय अतिक्रमणमा परेको कालापानी क्षेत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यत्ति मिडिया खपतका लागि मात्रै आएको बताएका छन् ।

उपनिर्वाचनका सन्दर्भमा पार्टी कार्यालय सानेपामा मंगलबार आयेजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले आफ्नो भूगोल मिचिएको सन्दर्भमा सरकारले कूटनीतिक पहल नगरेको अर्को आरोप पनि लगाए ।  ‘भारतीय सेनालाई कालापानीबाट फर्काएर पठाउनुपर्छ ।

यसबारेमा सशक्त प्रतिपक्षी भएर नेपाली कांग्रेसले पनि बोलेको छ’, उनले भने, ‘तर प्रधानमन्त्रीले मिडिया खपतका लागि मात्रै बोलेका छन्। सरकारले अझैसम्म कूटनीतिक पहल अघि बढाएको छैन ।

नेपाली कांग्रेस लामो समय सत्तामा हुँदा पनि बोल्न नसक्नुको कारण आन्तरिक समस्या भएको स्पष्टीकरण उनले दिए । ‘कांग्रेसले पनि सरकारलाई साथ दिएकाले अतिक्रमित भूमिबाट भारतीय सेना फर्काउन सरकारले कदम चाल्नुपर्छ।’

ताजा अपडेट