भारत–पाकिस्तान सीमामा परी चार सैन्य जवानसहित ६ जनाको मृत्यु

काठमाडौं, ३ मंसिर :

भारत–पाकिस्तान सीमास्थित विवादित सियाचिनको उत्तरी क्षेत्रमा खसेको हिम पहिरोमा परी दुई  चार सैन्य जवानसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा दुई जना भरिया रहेका छन् ।

करीब १९ हजारको उचाइमा गस्ती गरिरहेको समय खसेको हिमपहिरोका कारण उनीहरुको मृत्यु भएको भारतीय सेनाका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

गस्ती टोलीमा आठ जना सम्मिलित थिए । पहिरोमा परी लामो समय हिउँमा फसेपछि  अत्याधिक चिसोका कारण कठ्याङ्ग्रिएर उनीहरुको मृत्यु भएको सेनाका ती अधिकारीले बताएका छन् ।  सेनाले हेलिकप्टर प्रयोग गरी आठै जनाको उद्धार गरेको थियो । सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुवै मुलुकका सेनाले गस्ती गर्दै आएका छन्  ।

विश्वकै उच्च भागमा रहेको युद्ध क्षेत्रको रुपमा परिचित सियाचिन क्षेत्रमा लामो समयदेखि सार्वभौमिकताको विषय मुख्य मुद्दाका रुपमा रहेको छ ।  सन् १९८४ मा भारतले सियाचिन क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको थियो । त्यसयता ३५ उच्च सैन्य अधिकारीसहित एक हजार भन्दा बढी सेनाले त्यहाँ ज्यान गुमाइसकेका छन् ।

हिमपहिरोका घटना सामान्य प्रायस् मानिन्छ । जाडो याममा त्यहाँको तापक्रम माइनस ६० डिग्रीसम्म झर्ने गर्छ ।

ताजा अपडेट