राप्रपा संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा विरगञ्जमा

चितवन ३० कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा विरगञ्जमा आएको छ ।
हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्नका लागि बिहिबारदेखि शुरु भएको रथयात्रा आज बाराको सिम्रौनगढमा आएर आमसभामा परिणत भएको थियोे । त्यस्तै आज नै गढिमाईको दर्शन गरि कलैया बारामा गएर कोणसभा गरेको राप्रपा सयुक्तले जानकारी दिएको छ । यात्रा टोलि आज विरञ्जनमा नै बास बस्नेछ ।

यसैविच मसिंर –१ गते हेटौडा र भरतपुरमा कोण सभा र साँझ नारायणी नदीमा आरती गरिने राप्रपा संयुक्तले जानकारी दिएको छ । सो धार्मीक यात्रामा बिभिन्न स्थानमा कोणसभाको समेत आयोजना गरिएको छ । मंसिर ४ गते सम्म सञ्चालन हुने यात्राको समुद्घधाटन राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनीले संयुक्तरुपमा गर्नुभएको थियो ।
मसिंर २ गते कावासोतीमा कोणसभा र वाल्मिकी आश्रमको दर्शन, मंसिर –३ गते रामग्राम नवलपरासीमा र भैरहवामा कोणसभा हुनेछ । यस्तै मंसीर –४ गते शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना सहित पहिलो चरणको धार्मिक यात्राको समापन गरिने बताईएको छ ।
तपाइँको प्रतिक्रिया