संरक्षणकर्मीलाई पर्यटनमन्त्री भट्टराईको भ्रमण वर्षको निम्ता

सौराहा ३० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले ७१ देशका संरक्षणकर्मीलाई नेपाल भ्रमण वर्षको सन्देश लैजान अनुरोध गर्नु भएको छ ।
नवौ विश्व रेन्जर सम्मेलनको आज (शनिबार) साँझ चितवनको सौराहामा समापन कार्यक्रममा बोल्दै २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउदै छ यहाँका पर्यटकीय क्षेत्र एकपटक हेर्न आउन निम्ता लैजान अनुरोध गर्नु भयो । आफ्ना परिवार, स्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पु¥याईदिन उहाँले आग्रह गर्नु भएको हो ।
नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीहरुले जानकारी पाएकोमा आँफु विश्वस्त भएको भन्दै उहाँले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पु¥याउन भ्रमण वर्ष फलदायी हुने वताउनु भयो । नेपालको भूवनोट तराईदेखि हिमालसम्म फैलिएको उहाँको भनाई थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उहाँले सवै सहभागी संरक्षणकर्मीहरु प्रति आभार प्रकट गर्नु भयो ।
विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आँफु विश्वस्त भएको भट्टराईको भनाई थियो । समुदायमा आधारित भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उहाँले वताउनुभयो । सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ)का नवनियुक्त अध्यक्ष क्रिश गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसाथ गर्दै महासंघलाई अघि वढाउने प्रतिवद्यता व्यक्त गर्नुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकोमा सवैलाई धन्यवाद दिदै सफलता पूर्वक सम्मेलन सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।
क्षेत्रीय होटल संघ चितवन सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले भ्रमण वर्षको निम्तो आ–आफ्नो देशमा पुर्याईदिन आग्रह गर्नुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार साउथ अफ्रिकाका गिल्सको नेतृत्वमा १३ सदस्यिय नयाँ समिति गठन भएको छ । आउँदो सम्मेलनका लागि पोर्चुगल र पेरुले प्रस्ताव गरेका छन् । नयाँ कार्यसमितिले ती दुई देशलाई सन २०२२ र २०२५ का लागि छनोट गरि निर्णय गर्ने थपलियाले जानकारी दिनुभयो ।
सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावि पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणा पत्र २०१९ जारी गरेको छ । थपलियाका अनुसार घोषणा पत्रमा रेन्जरका हकहित, रेन्जर र समुदाय विचको सम्वन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावि दिनमा रेन्जरहरुले गर्नुपर्ने कार्यहरु समावेश गरिएको घोषणापत्र जारी भएको हो ।
चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा एसीयामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सन १९९५ बाट सुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यस अघिको आठौं सम्मेलन सन २०१६ मा अमेरीकामा भएको थियो । सम्मेलनमा नेपाल सहित ७२ देशका ५ सय २६ जना प्रतिनिधि सहभागी भएका थिए । जस मध्ये विदेशीको संख्या ४ सय ८४ रहेको थियो ।

ताजा अपडेट