सिस्नुपानी नेपालको करमैत्री प्रहसन नारायणगढमा

चितवन २९ कात्तिक । कर तिर्ने सन्देश सहितको सिस्नुपानी नेपालको सास्कृतिक प्रस्तुती शुक्रबार नारायणगढमा प्रदर्शन गरिएको छ ।
काभ्रेबाट सुरु भएको देशव्यापी करमैत्री यात्रा चितवन आइपुगेको हो। मुलुक विकासका लागि कर तिर्न आवश्यक छ भन्ने सन्देश फैलाउने उद्देश्यका साथ विभिन्न ठाउमा प्रदर्शन गर्दै शुक्रबार भव्य रुपमा नारायणगढमा प्रस्तुत गरिएको थियो ।

आन्तरिक राजस्व विभाग लाजीम्पाट काठमाण्डौको आयोजनामा कार्तिक २१ गते सुरु भएको थियो । करमैत्रि यात्रा अन्तर्गत नारायणगढको नारायणी कला मन्दिरमा भएको कार्यक्रममा सिस्नुपानी नेपालका कलाकारहरुले कर तिर्न सकरात्मक उत्प्रेरणा जगाउने प्रस्तुती दिएका थिए । मनोज गजुरेल लगायत आधा दर्जनबढी कलाकारहरुले कर तिरौँ, भ्रष्टाचारलाई अन्त्य गरौँ भन्ने शन्देशमुलक प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सांसद, महानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उद्योगी व्यवसायी, विद्यार्थी लगायत सरोकारवाला व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया