लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा

काठमाडौं ।

क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराती क्रिकष्ट प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली लेष्टर सिटीले २–० ले विजयी भयो । खेलमा लेष्टर सिटीलाई विजयी गराउन सेग्लार सोयुन्चु र जेमी भार्डीले एक एक गोल गरे ।

जितसँगै लेष्टर सिटीले ११ खेलबाट २३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीलाई उछिनेको छ । दुवै टोलीको समान २३ अंक भएपनि गोल अन्तरको आधारमा लेष्टर तेस्रो तथा चेल्सी चौथो स्थानका रहेका छन् । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ भने २५ अंकका साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा गएराती एभर्टन र टोटनह्याम हट्सपरले १–१ गोलको बराबरी खेलेका छन् ।

ताजा अपडेट