मुर्ती सेलाउने विषयमा कपिलबस्तुमा तनाब : प्रहरीको गोली लागेर एकजनाको मृत्यु

कपिलबस्तु, १४ कात्तिक । मूर्ति विसर्जनको विषयमा भएको दुई समूहको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागि कपिलबस्तुको कृष्णनगरमा एक २० बर्षिय युवकको मृत्यु भएको छ ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागी सुरजकुमार पाण्डेको मृत्यु भएको दाबी गरिएको छ । तर प्रहरीले भने यसबारेमा कुनै पुष्टि गरेको छैन ।

दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि प्रहरी कयन पटक अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले अनिश्चितकालिन कफ्र्यु समेत लगाएको छ । बुधबार साँझदेखि कृष्णनगर तनावग्रस्त छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगर तनावगस्त बनेको हो ।

मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुसलमान समुदायबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले तनाव नियन्त्रण गर्न कर्फ्यू जारी गरेको हो ।

बिहीबार ११ बजेदेखि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनु भएको छ ।

त्यस स्थानमा बढ्दो तनावलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको श्रेष्ठले जानकारी दिनु भयो । ‘अहिले तनाव बढिरहेको छ, गत वर्ष पनि यस्तै झडप भएको थियो’, उनले भने, ‘झडप नियन्त्रणमा आएपछि कर्फ्यू फुकाउँछौं ।’ कर्फ्यूको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही समेत हुने कार्यालयले चेतावनी दिइएको छ ।

 

ताजा अपडेट