मेघौलीलाई विश्वसामु चिनाउदै पर्यटक भित्राउनु पर्नेमा जोड

मेघौली १० असोज । अन्तरराष्ट्रिय स्तरमा मेघौलीको पर्यटकीय क्षेत्रको प्रचारप्रसार आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
विश्व पर्यटकीय दिवसको अवसरमा आज मेघौलीमा भएको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । प्रदेश नं. ३ का सांसद कृष्णप्रसाद भुर्तेलले प्रकृतिक सुन्दरताको विषयमा विश्वसामु पु¥याउन सके मेघौलीमा अझ धेरै पर्यटक ल्याउन सकिने बताउनु भयो ।
भएका पूर्वाधारलाई व्यवस्थापन गरी नयाँ विकासका काम गरेर पर्यटकलाई यहाँ आकर्शित पार्नु पर्ने बताउनु भयो । उहाले मेघौलीमा निर्माण हुन लागेको राइनो पार्क, निकुञ्जको बन्य जन्तु, राप्ती नारायणी नदीको सुन्दरता, सुर्यास्त, यहाँका सुविधा सम्पन्न होटलको बारेमा जानकारी गराउनु पर्ने बताउनु भयो । पर्यटन विकासमा आफूले सहयोग गर्दै आएको भन्दै उहाले मेघौली विमान स्थल सञ्चालनको लागि पहल भइराखेको जानकारी दिनु भयो ।

यसै बीच उद्योग वाणिज्य संघ चितवन र थारु सामुदायिक होमस्टे मेघौली बिच पर्यटकीय विकासका विषयमा सम्झौता भएको छ । मेघौलीमा सञ्चालन आएको १० वटा होमस्टेको लागि पूर्वाधार थप्नको लागि वाणिज्य संघले सहयोग गर्ने, सहयागलाई उचित तरिकाले उपयोग गर्ने लगायतको विषयमा सम्झौता भएको हो ।

यसै गरी पर्यटकहरुलाई स्वागत गर्दै होमस्टेको बारेमा जानकारी दिएको छ । मेघौली विमान स्थल नजिकै १० वटा होमस्टे निर्माण भएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधान लगायतले मन्तव्य राखेका थिए ।

ताजा अपडेट