विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ

 

काठमाडौं, २७ भदौ । विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ निर्वाचित भएका छन् ।

अजरबैजानमा शुक्रवार सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो ।

श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘यो ठाउँसम्म पुर्‍याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी(शुभेच्छुकमा धन्यवाद १ यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो १ सबैमा बधाई,सबैमा शुभकामना १’ निर्वाचित भएपछि उनले फेसबूकमा लेखेका छन् ।

ताजा अपडेट