एक्सपर्टले भरतपुरमा ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने

चितवन समाचारडटकम, २३ भदौ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.को आयोजनामा मंगलबार ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सेमिनार आयोजना हुन लागेको एक्सपर्ट एजुकेशनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
सेमिनार विहान ११ बजेदेखी अपरान्ह ४ बजेसम्म चल्नेछ । सेमिनारमा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । यस पटक सेमिनारमा १४ वटा कलेज तथा युनिभर्सिटिका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थी र अभिभावकहरुलाई जिज्ञासा समाधान गर्ने अधिकारीले बताउनुभयो ।
विद्यार्थीहरु तथा अभिभावकहरुले अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिलाई भेटेर र प्रत्यक्ष कुराकानी गरेर आफुले पढ्न चाहेको युनिभर्सिटी, विषय, शुल्क, अध्ययन सकेपछिको करिअर इत्यादी बारे जानकारी लिन सक्नु हुनेछ, अधिकारीद्धारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ । त्यसबाहेक विभिन्न बैंकका प्रतिनिधिहरुलाई सेमिनारमा बोलाएर शैक्षिक ऋण लिने प्रकृयाबारे पनि जानकारी गराउने व्यवस्था मिलाइएको जानकारी गराइएको छ ।

ताजा अपडेट