भरतपुरमा सेमिनारको आयोजना : अष्ट्रेलिया अध्ययन गर्न एक्सपर्ट मार्फत नै किन जाने ?

चितवन ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस प्रालिले अष्ट्रेलिया अध्ययन गर्न जान चाहाने बिद्यार्थीहरुलाई उपयोगी हुनेगरी भाद्र २४ गते भरतपुरमा सेमिनारको आयोजना गरेको छ । भरतपुरको गार्डेन रिसोर्टमा बिहान ११ देखि अपरान्ह चार बजे सम्म हुने शैक्षिक सेमिनारका बिषयमा  Expert Education & Visa Services Sydney Australia का निर्देशक बद्री अर्याल  संग गरिएको कुराकानी ः

एक्सपर्टले यो सेमिनार आयोजना गर्नुको उद्देश्य के हो ?
हामीले हरेक बर्ष दुई तीन पटक यस्ता खालका एजुकेशन सेमिनार आयोजना गर्ने गर्छौं । यसको मुख्य उद्देश्य भनेको जो विद्यार्थीहरु अष्ट्रेलिया गएर उच्च शिक्षा अध्ययन गर्न चाहनु हुन्छ, उहाँहरु सकभर आफ्ना अभिभावक समेत लिएर सेमिनारमा आउनु होस् र अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिलाई भेटेर र प्रत्यक्ष कुराकानि गरेर आफुले पढ्न चाहेको युनिभर्सिटी, विषय, फि, अध्ययन सकेपछिको करिअर इत्यादी बारे जानकारी लिन सक्नुहोस् ।
साथै, अष्ट्रेलिया स्थित कार्यालयबाट हामीहरु पनि आएका छौं । हामीले विद्यार्थी र अभिभावकलाई भेटेर अष्ट्रेलियाको विद्यार्थी जीवन, त्यहाँका अवसर र चुनौति, अध्ययन सकिएपछिको करियर लगायतबारे हाम्रो दशकौं लामो अनुभव सेयर गर्नेछौं । त्यसबाहेक हामीले विभिन्न बैंकका प्रतिनिधिहरुलाई सेमिनारमा बोलाएर शैक्षिक ऋण लिने प्रकृयाबारे पनि जानकारी गराउने व्यवस्था मिलाएका छौं ।

यस पटकको सेमिनार अघिल्ला सेमिनारहरु भन्दा के हिसावले भिन्न रहेको छ ?
अष्ट्रेलिया एउटा गतिशिल मुलुक हो । त्यहाँको शैक्षिक नीतिमा समय समयमा परिवर्तन आईरहन्छ । हामी अष्ट्रेलियामा नै बसेर ति परिवर्तनलाई नजिक बाट नियालिरहेका हुन्छौं । यस पटक सेमिनारमा पनि हामी कतिपय त्यस्ता परिवर्तनहरु बारे विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउने छौं । त्यस बाहेक हामीले प्राय सेमिनारहरुमा फरक फरक युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुलाई ल्याउने गर्दछौं । उहाँहरुले नेपाली विद्यार्थीहरुको शैक्षिक योग्यता, आर्थिक क्षमता, व्यक्तिगत रुचि लगायतलाई ध्यानमा राखेर अध्ययनका उपयुक्त विकल्पहरुको बारेमा जानकारी गराउनु हुन्छ । साथै, नेपाली विद्यार्थीहरुका लागि घोषणा गरिएका एक्सक्लुसिभ स्कलरशिपका बारेमा पनि यस सेमिनारमा सहभागीहरुले जानकारी लिनुहुनेछ । हामीले यस पटक सेमिनारमा ल्याएका शैक्षिक संस्थाहरु छान्दा अधिकांश नेपाली विद्यार्थीलाई उपयुक्त हुने खालका चयन गरेका छौं ।

सिड्नी, मेलवर्न लगायतका प्रमुख शहरहरुमा अध्ययनका लागि पछिल्लो समय विद्यार्थीहरुले भिसा नपाईरहेको भन्ने चर्चा सत्य हो ?
त्यो, सत्य होइन । हो अष्ट्रेलियाले रिजनल एरियाहरुमा विद्यार्थीहरुलाई आकर्षित गर्न विभिन्न नितिहरु ल्याएको छ । तर, यसको अर्थ सिड्नी, मेलवर्न लगायतका प्रमुख शहरहरुमा विद्यार्थीहरुलाई रोकेको हैन । राम्रो शैक्षिक नतिजा र आइएलटिएस लगायतका टेष्टहरुमा राम्रो अंक ल्याएका विद्यार्थीहरुलाई ति शहरहरुमा जान कुनै समस्या छैन । नेपालका विभिन्न शहर स्थितहाम्रा कार्यालयहरुबाट सेवा लिएर अहिले पनि उल्लेख्य संख्यामा विद्यार्थीहरु त्यहाँ गइरहनु भएको छ ।

अष्ट्रेलिया अध्ययन गर्न गएका विद्यार्थीहरुलाई त्यहाँ कस्ता अवसर र चुनौतिहरु छन् ?
अष्ट्रेलिया गुणस्तरिय शिक्षाका लागि विश्वभर प्रख्यात मुलुक हो । विश्वका उत्कृष्ट एक सयको सुचिमा परेका विश्वविद्यालयहरु केही अष्ट्रेलियामा रहेका छन् । वास्तवमै गुणस्तरिय शिक्षा प्राप्तिको उद्देश्य लिने विद्यार्थीहरुले अध्ययन पछि त्यहाँ निक्कै राम्रा अवसरहरु प्राप्त गरेको थुप्रै उदाहरणहरु छन् । कतिपय मेहनति नेपाली विद्यार्थी अध्ययन सकेर त्यहाँका बहुराष्टिय कम्पनिहरुमा उच्च पदमा काम गरिरहेका छन् । कतिपयले आफ्नै व्यापार व्यवसाय सफल रुपमा संचालन गरिरहेका छन् । कतिपयले अध्ययन पुरा गरेर नेपाल फर्किएर विभिन्न क्षेत्रमा सफल व्यक्तिका रुपमा आफुलाई स्थापित गरिरहेका छन् ।
चुनौतिको कुरा गर्दा के देखिन्छ भने कतिपय विद्यार्थीहरु पर्याप्त सुचना विना अष्टेलिया पुगेका छन् । जसका कारण उनीहरुलाई अध्ययन सक्न गाह्रो परिरहेको देखिन्छ । कतिपय विद्यार्थीहरुले कलेज तथा विषयहरु परिवर्तन गरेर धेरै बर्ष समय र धेरै ठुलो रकम यत्तिकै खेर फाल्ने प्रवृत्ति पनि देखिन्छ । साथै, नेपालबाट जाँदा कामको कुनै ठोस सिप विना जाने विद्यार्थीहरुले पनि त्यहाको सरकारले काम गर्न दिएको निश्चित सुविधाको पनि राम्रो उपयोग गर्न नसकेको स्थिति पनि रहेको छ ।
अष्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीलाई त्यस्ता समस्याबाट जोगिन के सुझाव दिनु हुन्छ ?
मेरो मुख्य सुझाव के हुन्छ भने आफ्नो रुचिको विषय, आफुले अध्ययन गर्न लागेको शैक्षिक संस्था, जान मन लागेको स्थानबारे पर्याप्त रिसर्च गर्नुहोस् । त्यो आफ्नो आर्थिक क्षमताले भ्याउने खालको छ वा छैन भन्ने बारे परिवारमा प्रसस्त छलफल गर्नुहोस् । अभिभावकहरुले पनि आफ्ना छोराछोरी अष्ट्रेलिया जान लागेको तत्काल कमाई गर्न होइन, अध्ययनका लागि हो भन्ने बुझ्नु पर्दछ । राम्ररी अध्ययन गरि सकेपछि आफ्नो सम्वन्धित क्षेत्रमा गतिलो रोजगारी वा आफ्नै व्यवसाय गरेर आय आर्जनको राम्रो बाटो बन्नेछ भन्ने कुरामा परिवारले विषेश ध्यान दिन म सुझाव दिन चाहन्छु ।
अष्ट्रेलिया अध्ययन गर्न एक्सपर्ट मार्फत नै किन जाने ?
राम्रो प्रश्न । हामी डेढ दशक भन्दा बढी समयदेखि अष्ट्रेलिया केन्द्रीत शैक्षिक परामर्शको सेवा प्रदान गरिरहेका छौं । यस अवधिमा हामीले विश्वका विभिन्न देशहरुबाट करिव पचास हजार विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनमा जान सेवा प्रदान गरिसकेका छौं । हामीले अष्ट्रेलिया अधिकांश विश्वविद्यालय तथा कलेजहरु बाट गुणस्तरिय सेवाका लागि अवार्डहरु प्राप्त गरेका छौं । हामीले बिश्वास कमाएका छौं ।
अष्ट्रेलियाका प्रमुख आठवटा शहरमा हाम्रा कार्यालयहरु रहेका छन्, जहाँ ठूलो संख्यामा दक्ष शैक्षिक परामर्शदाता, माइग्रेसन एजेन्ट तथा सोलिसिटरहरु हाम्रो टीममा हुनुहुन्छ । नेपालको पुर्वको विर्तामोड देखि पश्चिमको धनगढीसम्म छरिएर रहेका हाम्रा कार्यालयहरुमा उत्तिकै दक्ष जनशक्तिहरुले विद्यार्थीहरुलाई हाम्रो नाम जस्तै एक्सपर्ट सेवा प्रदान गरिरहनु भएको छ । हामी विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनलाई पठाउनेमा मात्र होइन, उहाँहरुको अध्ययन पश्चातको करियरको योजना बनाउन पनि केन्द्रित रहन्छौं । अष्ट्रेलिया गईसकेपछि विद्यार्थी जीवनमा आइपर्ने उतार चढावमा हामी असल सहयात्री बन्ने गरेका छौं ।

एक्सपर्टले अष्टेलियामा अध्ययनका लागि मात्र परामर्श दिन्छ कि अन्य मुलुकका लागि पनि परामर्श दिने गरेको छ ?
हामी पछिल्लो डेढ दशकभन्दा बढी समय अष्ट्रेलियामा मात्र केन्द्रित रह्यौं । हालैमात्र हामीले क्यानडा जान चाहने विद्यार्थीका लागि पनि परामर्श सेवा सुरु गरेका छौं । यस पटक हाम्रो सेमिनारमा विद्यार्थीहरुले क्यानडामा अध्ययनबारे पनि उचित परामर्श लिन सक्नुहुन्छ ।
एक्सपर्ट शैक्षिक परामर्शमा मात्र केन्द्रित छ कि सामाजिक कार्यहरुमा पनि संलग्न छ ?
हामीले एक्सपर्ट फाउन्डेसन नामक संस्था मार्फत भुकम्प प्रभावित, बाढी पिडीत क्षेत्रका बासिन्दाका लागि विद्यालय भवन निर्माण देखि लाखौं रुपैयाँ बरावरको राहत प्रदान गर्नेसम्मका कार्यहरु गरिसकेका छौं । त्यस्तै विराटनगरस्थित पाथिभरा बृद्धाश्रमलाई पनि उल्लेख्य आर्थिक सहयोग प्रदान गरेका छौं । यस बाहेक नेपाली खेलकुद खासगरी कृकेट खेलको विकास तथा प्रवद्र्धनमा हामीले पछिल्लो पाँच बर्ष यता गरेको कार्यका लागि विभिन्न क्षेत्रबाट हामीहरुले उल्लेख्य प्रशंसा प्राप्त गरेका छौं । नेपाली समाज लाभान्वित हुने यस्ता खालका सहयोगहरु हामीले आउने दिनमा अझ बढाउदै लैजान हामी प्रतिबद्ध छौं

ताजा अपडेट