इंग्लिस प्रिमियर लिग आज ७ खेल हुँदै, म्यानचेस्टर सिटी र टोटनह्याम पनि खेल्दै

काठमाडौं, ३२ साउन :

इंग्लिस प्रिमियर लिगमा शनिबार राति ७ ओटा खेल हुँदैछन् ।

सात खेलमध्ये डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र टोटनह्याम हट्स्परबीचको खेललाई बढी महत्वका साथ हेरिएको छ । यी दुई टोलीलाई यो सिजनको उपाधिको दाबेदार पनि मानिएको छ ।

यी दुईबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे हुनेछ । उपाधिको दाबेदार अर्को टोली लिभरपुल भने साउथह्याम्टनको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

साउथह्याम्टन र लिभरपुलबीचको खेल राति पौने ८ बजे हुनेछ । पौने आठ बजे प्रिमियर लिगमा अरु चार खेल पनि हुँदैछन् । नर्विच सिटी र र न्यूक्यासल युनाइटेड, एभर्टन र वाट्फोर्ड, ब्राइटन एण्ड होभ अल्वियन र वेष्टह्याम युनाइटेड तथा एस्टन भिल्ला र बर्नमाउथबीचको खेल पनि पौने आठ बजे हुनेछ । त्यस्तै आर्सनल र बर्नले एफसी पनि शनिबार नै प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टोलीको खेल आर्सनको मैदानमा साँझको सवा ५ बजे हुनेछ ।

ताजा अपडेट