कमाइको स्रोत वैदेशिक रोजगारीको भर

शालिग्राम नेपाल
स्वदेशमा मेहनत अनुसारको काम नपाएपछि युवा वर्गहरुको रोजाइको स्थान विदेश हुने गरेको छ । लाखौ लगानी गर्दा पनि दैनिक घर खर्च चलाउने पैसा कमाउन मुस्किल हुन थालेपछि अहिले युवाहरु रोजगारी पाइने देश जानको लागि मेहनत गरिराखेका छन् ।
स्वदेशमा काम नपाएर दैनिक १५ सयको हाराहारीमा विदेश जाने युवाहरु रहेका छन् । ती मध्यका एक युवा हुन अर्घाखाँचीका टोपलाल ज्ञवाली । उनी दुवइ जानको लागि सवै प्रकृया पुरा गरेर काठमाण्डौबाट घर फर्कदै थिए । राजधानीको एक होटलमा वसी वैदेशिक रोजगारको काम गर्दै आएका उनले भने यहाँ लगानी अनुसारको कमाइ हुन समस्या छ । मेहनत गरेपनि पसिना अनुसारको कमाइ हुदैन त्यसैले सवारी चालकको भिसामा दुवइ जादैछु ।
केही वर्ष काम गरेर आएपछि परिवारको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने आशा पलाएको छ । यहाँ चालकको पेशा गर्दै आएका उनले भने विद्यालयको वस चलाउदै आएको थिए तर त्यसबाट राम्रो कमाइ गर्न सकिन । खानलाई नै धौधौ के गरेर यहाँ वस्ने ? मासिक २०, २५ हजारले अहिले परिवार पाल्न सकिदैन । सन्तान पठाउने, खाने, विरामी भए उपचार गर्ने पैसा कहाँबाट ल्याउने ? यस्तो कमाइले जीवन चलाउन नसक्ने भएपछि विदेश जानुको विकल्प नभएको उनले बताए ।
श्रम अनुसारको काम यहा पाइदैन त्यसैले विदेश नै जानु परेको छ उनले भने । ड्राइभरी पेशा गर्दै आएका ज्ञवालीले केही वर्ष यही चालक भएर काम गरेपछि विदेश जाने तयारीमा छन् ।
मैले यही काम गरे, तर मेहनत गरे अनुसारको पैसा कमाउन सकिन । सानो गाडीमा काम गरे मुस्किलले २० देखि २५ हजार कमाइ हुने उनले भने त्यो कमाइले घरको परिवार पाल्न धौधौ । यो भएन भनेर अरु काम गरे त्यसबाट पनि कमाउन सकिन । घर परिवार पाल्नु पर्ने थियो ।
कमाइ होला भनेर यही कुरे । तर भएन । आफूले जानेको पेशा यही हो अरु जानेको छैन के गर्ने ? घरपरिवार पाल्नु पर्ने दायित्व आफैले केही गर्छु भन्दा पनि भएन । आफूले जानको पेशा स्वदेशमा हैन विदेश गएर गर्छु भन्दै विदेशजानको लागि तयारी भएको छ । सव काम पूरा भएको छ । अव गइन्छ । यहाँ भन्दा विदेशमा धेरै कमाइ हुन्छ त्यसैला जान लागेको हो ।
ड्राइभरी पेशामा नै काम गर्नको लागि विदेश जाने हो । समयको वर्वाद पैसाको नास सवै कुरा गुमाउनु भन्दा यहीबाट काम पर्ने सस्था, पठाउने म्यानपावर, विधि प्रकृया पूरा गरेर विदेश गएमा कमाइ राम्रो हुन्छ । फ्रि भिजा फ्रि टिकट भनेर लैजानेहरु पनि छन् तर उनीहरुले त्यसरी लैजादैनन् विना विल पैसा लिएर पठाउने गर्दछन् उनले भने ।
उनी जस्तै विदेश जाने तयारीमा रहेका सुनसरीका विनोद यादवले भने भने आफ्नो छिमेकी पनि विदेश गएको छ । उसले महिनाको ६० हजार कमाउछ । यहाँ काम गरेर कसरी मासिक ६० हजार कमाउने । काम खोज्दा खोज्दै वर्ष वित्छ काम पाएपनि १५, २० हजारका जागिरले के गर्ने ? त्यसैमा झुण्डिएर वस्दा वस्दै वुढो भइन्छ । कमाएर परिवार पाल्न, घर वनाउन विदेश नगइ हुदैन यादवले भने । गाउघरका साथीभाइहरु कि भारत छन् कि दुवइ कतार । यहाँ काम गरेर उपलब्धी लाग्ने नभएपछि विदेशनै जाने योजनामा छन् । एसएलसी दिएपछि कसरी कमाउन सकिन्छ भन्ने छलफल गर्न थाल्छन् उनले भने त्यतीकैमा विदेश जाने योजना वन्छ । आफ्नो इष्टमित्रहरुपनि धेरै विदेश गएकाले जान लागेको बताए । खाडी मुलुक गएपनि कम्तीमा ४० देखि ६० हजार कमाउन सकिन्छ । यहाँ त्यती कमाउन सकिदैन । वाध्य भएर जानु परेको छ ।
विदेशमा जाँदा ठगिन्छ यही कमाउनु पर्छ भन्ने मनमा हुदा हुदै पनि खाडी मुलुक जानेहरुको सख्या नघटेको वैदेशिक रोजगारी सम्वन्धी काम गर्दै आएका अधिवक्ता सोम लुइटेलले बताए । स्थानीय तहको निर्वाचन पछि अवसरहरु यही हुन्छ भन्दै विदेश गएका फर्कनेहरु केही छन् उनले भने तर पनि विदेश जानेहरुको सख्या १२ देखि १५ सयको सख्यमा दैनिक जादैछन् । उच्च शिक्षा हासिल नगरेका, पढेर पनि भने अनुसारको रोजगार नपाएकाहरु पनि खाडी मुलुक जानेहरु छन् । यो अवस्था अहिलेको चुनौती हो उनले भने रोजगारीको सिर्जना यही गर्नु आवश्यक छ ।

तपाइँको प्रतिक्रिया