ततकालिन नयाँ शक्ति पार्टिका नेता माथी गोलि प्रहार

बुटवल, १६ साउन । कपिलवस्तुमा आज दिउँसो  एक स्थानीय नेतामाथि गोली प्रहार गरिएको छ ।

शुद्धोधन गाउँपालिकाका रामनयन यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । वडा नं. ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार गरिएको हो ।

उनको हातमा गोली लागेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर जवराले बताएका छन् । घाइते यादवले दुई जनाले प्लपर मोटरसाईलमा आएर गोली प्रहार गरेको प्रहरीलाई जानकारी दिएका छन् ।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उममेद्वार थिए । देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको देव्रे हातको कुहिनो गोली लागेको जनाएको छ ।

ताजा अपडेट