दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएन

काठमाडौं ,१६ साउन :

तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए । उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन् ।

द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो । माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गरेको छ । तर विश्वविद्यालय र आश्रमको जग्गा भने फिर्ता नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए । – अन्नपूर्ण पोस्ट् दैनिक

ताजा अपडेट